Ijoriya
उपन्यास ‘इजोरिया’ मा बहुआयामिक कथा रहेको छ । परिवारका सदस्यबीच देखिएको प्रेम, घृणा र द्वन्द्वलाई लेखक भट्टराईले कथामा उतारेका छन् । यसअघिका सबै पुस्तकमा लगभग काठमाडौं केन्द्रित भएर कथा लेख्ने भट्टराईले यस पटक भने कथा टिप्न मधेस पुगेका छन्। ‘इजोरिया’ मैथिली शब्द हो। यसको अर्थ जुनेली हो। There is a multifaceted story in the novel 'Ijoriya'. Author Bhattarai has brought out the love, hate and conflict between the family members in the story. Bhattarai, who has written stories focusing on Kathmandu in all his previous books, this time he has reached Madhesh to capture the story. 'Ijoriya' is a Maithili word. It means Juneli. पछिल्लो बाहिरी पृष्ठबाट सुबिन भट्टराईका पाठकलाई थाहै छ– उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध-साहित्य सदाबहार छँदै छ । सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै कम्फर्ट जोनमा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ जोन चुमेर चमत्कृत हुनेछन् । इजोरिया मित्रताको कथा हो । इजोरिया महिलाको कथा हो । इजोरिया मधेसको कथा हो । इजोरिया मुक्तिको कथा हो । इजोरिया माया र ममताको कथा हो । इजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो ।
Variants (1)
- Default Title — 748.00 NPR — In stock
How AI sees this product
The more complete this product's details, the more confidently AI assistants can understand and recommend it.